डाइनामिक ब्रोकर डीजीहबको अत्याधुनिक एयर ट्रेडमा, आईतबारदेखि लगानीकर्तालाई नयाँ टीएमएस प्रणाली

काठमाडौं । डाइनामिक ब्रोकर-ब्रोकर नं ४४० एयर ट्रेडमा जोडिएको छ । अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको हो ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आईतबारदेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ । डाइनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आईबारदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

हाल डाइनामिक ब्रोकरमा करिव ४ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आईबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।

जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरु :

१ मोबाईल भर्सन

२ वेब भर्सन

३ डेस्कटप भर्सन रहेको

अन्य अपरेसनल बिशेषतहरुमा :

१ सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर लाई भनी राख्नु नपर्ने

२ आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने

३ एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने

४ अर्डर बास्केट

५ आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने

६ रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने

७ सजिलो र छिटो अर्डर राख्न सकिने

८ आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने

९ लिन्क एन्ड डक फिचर्स भएको

१० मल्टी विन्डो फिचर्स भएको

११ मल्टी एक्सचेन्ज फिचर्स भएको

१२ सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *