काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको हो ।
यस आधारमा कुल ११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ जारी हुनेछ । यो आईपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।







