काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार यस्तो सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। यस दिन २० रुपैयाँ घटेर २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको थियाे ।







