पाँच दिने टीभीएस एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी टीभीएस टु ह्विलर्सको एक्चेन्ज मेलामा ग्राहकहरू आकर्षित छन् । नेपालको लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा जारी मेला वैशाख ३ गतेसम्म जारी रहने आयोजकले जनाएको छ ।

जारी एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर घर लिएर जान सक्नेछन् ।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउनेछन् भने नयाँ सवारी खरिदमा किनु अगाडी नै टीभीएसको वेबसाइटमा दर्ता गरी ५० हजार रुपैयाँसम्मको छुट पाउन सक्ने र किने पश्चात एक लाख सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

साथै मासिक पाँच हजार ९९९ रुपैयाँ किस्तामा पनि टीभीएस खरिद गर्न पाइने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *