राप्ती हाइड्रको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन रहेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ यस कम्पनीले भोलि जेठ ६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्।

यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले १ कित्ता साधारण शेयर बराबर १ः१ को अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *