मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन हुने भएको छ।

भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।

तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।

प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *