रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ।

लामिछानेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलास तोकिएको थियो।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट र पूर्वडीआईजी छविलाल जोशीले सहकारी ठगी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेको अन्य दुई रिट सोही इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो। तर,सर्वोच्चले तीनवटै रिटलाई हेर्न नमिल्ने सूचीमा राखेको हो। बुधबारको इजलासमा तीनवटै रिटमाथि हेर्न मिल्ने कि नमिल्ने भन्ने सुनुवाइ भएको थियो। तर, पछि तीनवटै रिट हेर्न नमिल्ने सूचीमा राखेको हो।

लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमान्‌लाई गैरकानुनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *