हकप्रद सेयर जारी गर्दै छ्याङ्दी हाइड्रोपावर, बुक क्लोजको मिति तय

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, जेठ १ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद बिक्रीपछि छ्याङ्दीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *