धितोपत्र बोर्डमा कमिसन बार्गेनिङ बारे छानबिन गर्न माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषय आएप्रति सरकारको ध्यानाकर्षण गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा कमिसनको खेलका कारण २२ महिनादेखि १ हजार ९.५२ मेगावाट क्षमताका ४३ वटा आयोजनाका ८९ कम्पनीका ५६ अर्ब ७ करोड ९३ लाख बराबरको आईपीओको अनुमति रोकिएको जनाए ।

धितोपत्र बोर्डले सानो परियोजनासँग ५ र ठूलासँग ७ प्रतिशतसम्मको बार्गेनिङ गरेको समाचारहरु बाहिरिएको भन्दै सापकोटाले यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले यसबारे भरपर्दो संयन्त्रबाट छानबिन गर्न सरकारलाई रुलिङ गर्न माग गरे । ‘सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष लिएको छ, तर सरकरकै निकायको रवैया यस्तो छ त्यसैले यो घटनाको बारेमा भरपर्दो संयन्त्रबाट छानबिन गर्नु पर्‍यो सभामुखमार्फत रुलिङको माग गर्दछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *