सुनसरीको बंङ्गुर अनुसन्धान इकाइएका प्रमुखसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय अनुसन्धान केन्द्र सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख रामदेव पण्डितसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले सात लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सहायक कर्मचारीहरु शकुन्तला राई र प्रकाश कुमार यादव, लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजबंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्ण प्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठ रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *