काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लालवीर चौधरीले यस्तो चेतावनी दिएका हुन् ।
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’







