ट्रेड टावर लिमिटेडको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (वैशाख १५ गते) बिहान १०ः०६ बजेसम्म ४८ हजार ९२१ जनाले १० लाख ७५ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.७० गुणा बढी आवेदन हो ।

कम्पनीले वैशाख ८ गते पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो ।

यस कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *