१५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गर्दै सूर्यज्योतिले मनायो १७औं वार्षिकोत्सव

काठमाडाैं। जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तिय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गर्दै सदैव कम्पनीले अवलम्वन गरेका नविनतम प्रबिधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरु प्रती प्रतिबद्ध रहि आगामी दिनहरुमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गर्दै सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे। प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्मचारीहरुको हकहित,सिप तथा व्यक्तित्व विकाश नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरुले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए।

साथै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। कम्पनीले यो आर्थिक वर्ष २०८१/८२ अन्त्य सम्ममा हाल सम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे।

साथै उक्त अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले उपलब्धि मूलक यस यात्रामा विश्वाश गरी अटुट सम्बन्ध राख्ने आदरणीय ग्राहकवर्ग,अविरल साथ दिनुहुने आदरणीय अभिकर्ताहरु, अहोरात्र खट्ने कर्मचारीहरु, निरन्तर विश्वास गरि हातेमालो गर्नुहुने सेयरधनी महानुभावहरु, सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरु, व्यवसायिक साझेदारहरु लगाएत सम्पूर्ण सरोकारवालाहरुमा उनीहरुले दिएको साथ र योगदानका लागि कृतज्ञताका साथ धन्यवाद ज्ञापन व्यक्त गरे।

संचालक समिति सदैव संस्थागत सुशासन,स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधि भित्र रही अघि बढेकोमा आगामी दिनहरुमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको संचालक समिति सदैव संस्थागत सुशासन,स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधि भित्र रही अघि बढेकोमा आगामी दिनहरुमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको साथै कर्मचारीहरुको वृत्ति विकासको लागि प्रतिबद्ध रहेको अध्यक्ष भट्टराईले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *