ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब २५ करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौं । ट्रेजरी बिलमार्फत सरकारले मंगलबार २५ अर्ब २५ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोड रुपैयाँ उठाउन लागेको जानकारी दिइएको हो ।

उक्त कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागेको र बाँकी ५ अर्ब नयाँ जारी गर्न लागेको जनाएको छ ।

ट्रेजरी बिलका लागि सोमबार दिउँसो नै बोलकबोल भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *