विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँट हुँदै, १९ लाखमध्ये ५ हजार १२९ जनाले मात्र सेयर पाउने

काठमाडौं। विन नेपाल लघुवित्तको एफपीओ आइतबार (वैशाख ७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ बजे आफ्नै कार्यालय ठमेल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

यता, विन नेपाल लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।

यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।

कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *