स्मार्ट कम्युनिटीमा निःशुल्क सेयर बजार कार्यशाला सुरु

काठमाडाैं । स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम (स्मार्ट) अन्तर्गतको स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको छ । नेपालको सेयर बजारमा सक्रिय नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको हो ।

स्मार्ट कम्युनिटीले देशभरका सबै लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयर बजार सम्बन्धी निःशुल्क कार्यशालाहरू सञ्चालन गर्न लागिएको जनाएको छ ।

नेपालको पूँजी बजारमा सहभागी सबैलाई वित्तीय साक्षरता, लगानी र ट्रेडिङ सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले निःशुल्क रुपमा सेयर बजार कार्यशाला सुरु गर्न लागिएको स्मार्ट कम्युनिटीले जनाएको छ ।

स्मार्टले हालसम्म विभिन्न कार्यक्रमहरू शतप्रतिशत निःशुल्क रुपमा आयोजना गर्दै आएको छ, जसमा हजारौँ सहभागीहरू लाभान्वित भइसकेको जनाइएको छ ।

स्मार्टको कार्यशालामा सहभागीहरूले सेयर बजारको आधारभूत जानकारीसहित लगानी र ट्रेडिङका तरिकाहरू तथा जोखिम व्यवस्थापन र मार्केट एनालाइसिस विधिबारे जानकारी पाउनेछन् ।

कार्यशालामा सबैखाले उमेर समूह, व्यवसाय, र अनुभव भएका सबैका लागि उपयुक्त हुने गरी कोर्स तयार गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *