सांग्रिला डेभलपमेन्ट बैंककाे संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १४ हजार ३१२ कित्ता सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ ।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण उल्लेख गरी बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने सांग्रिला बैंकले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *