महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहतर्फको १५ लाख १४ हजार २५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि योग्य जुनसुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ ।

लगानीकर्ताले आगामी वैशाख १४ गतेसम्म बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *