मकालुमा लेक लागेर चिकित्सक सिग्देलको मृत्यु

संखुवासभा।  मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेक लागेर एक जना चिकित्सकको मृत्यु भएको छ।

जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार शनिबार बिहान तनहुँको भीमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्य भएको हो।

मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको छ।

दुर्गम र जटिल भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ।

उनको शव परीक्षणका लागि काााठमाडौँ लैजाने तयारी गरिएको उनले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *