स्वाभिमान लघुवित्तले बोनस सेयर प्रस्तावसहित बोलायो साधारणसभा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख १९ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । साथै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफानोक्सान, नगद प्रवाहलगायत वित्तीय विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज हुने जानकारी गराएको छ ।

तसर्थ, वैशाख १० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *