आईएमई लाइफले ल्यायो सजिलो ई-लोन सेवा, अब बीमितले घरबाटै आवेदन दिएर ऋण पाउने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा रामहरि अर्यालले ई–लोन सेवा उद्घाटन गरेका छन्। योसँगै कम्पनीले अब घरबाटै बीमितले ऋणका लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।

यो सेवाअन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा www.imelifeinsurance.com का माध्यमबाट ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ई–लोनका लागि आवेदन दिन सक्नेछन्।

बीमितले कम्पनीको वेबसाइटमार्फत ऋण आवेदन चौबीसै घन्टा आफू रहेको स्थानबाटै दिन सक्नेछन् भने कार्यालय समयभित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुनेबित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्। यसरी ऋण लिनका लागि कुनै पनि अतिरिक्त सेवा शुल्क लाग्ने छैन।

ऋण सुविधा पाउनका लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा हुनुका साथै बीमाशुल्क भुक्तानी गरेको कम्तीमा ३ वर्ष पूरा भइसकेको हुनुपर्नेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले आइएमई लाइफ ई–लोन सेवाले कम्पनीका बीमितलाई सरल र सहज कर्जा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले डिजिटाइजेसन, अटोमेसन र द्रुत सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउँदै लैजाने प्रयासको निरन्तरता रहेको बताए।

आवेदन दिने बीमितको केवाईसी प्रमाणीकरण गर्ने प्रक्रिया र आवेदन फारम कम्पनीको आधिकारिक वेबसाइट: www.imelifeinsurance.com वा आईएमई लाइफ मोबाइल एपमा प्राप्त गर्न सकिनेछ। ई–लोन सेवासम्बन्धी थप जानकारी लिन परेमा फोनस् ०१४०२४०७१, ई–मेल: info@imelifeinsurance.com वा वेबसाइट: www.imelifeinsurance.com मा गई जानकारी लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *