क्रेष्ट माइक्रो इन्स्योरेन्सको आईपीओ डिम्याट खातामा जम्मा

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बिहीबारनै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आईपीओ जम्मा गरिएको हो ।

कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो । नेप्सेमा समेत सूचीकरणका लागि अन्तिम तयारी भैसकेको भनाई कम्पनीको छ ।

यस कम्पनीले नेपाल धितोपत्र बोर्ड सेवोन बाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *