ज्योति विकास बैंकको एटिएम घान्द्रुकमा सञ्चालन

ज्योति विकास बैंकले आइतबारबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक कास्कीमा पहिलो एटिएम सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटिएम सञ्चालनमा ल्याइएको हो।

एक कार्यक्रमका बीच अन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार गुरूङले एटिएम बुथको समुद्घाटन गरेका थिए ।  कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कुमार गुरूङले सो एटिएम सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि ले निकै नै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए । साथै बैंकले हालसालै बैंकिङ्ग पहुंचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम,कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *