रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं । बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा आज भारी गिरावट भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३९ सय रुपैयाँले घटेर १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो।

यता, आज चाँदीको मूल्य पनि तोलामा १२५ रुपैयाँले घटेर १८ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलाको १९ सय ९५ रुपैयाँ रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *