काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बिहीबार कम्पनीको कुल ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर २५ चैत सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न सुरु हुनेछ। सेयर कारोबारको लागि नेप्सेले १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। कम्पनीको सेयर कारोबारका लागि एनएमआइसी संकेत प्रदान गरिएको छ।
Artha Sanjal






