काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा गत १५ गते भएको हिंसात्मक घटनाबारे जानकारी गराउने भएका छन् ।
चैत २२ गते ११ बजे बस्ने समिति बैठकमा तिनकुने घटनाबारे जानकारी दिन गृहमन्त्री लेखकलाई निम्त्याइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
आज बसेको समिति बैठकमा सांसदहरू राप्रपाका सांसद बुद्धिमान तामाङ, नेकपा एमालेका सांसद राजेन्द्र राईलगायतले तिनकुने घटनाबारे सरकारका तर्फबाट गृहमन्त्रीलाई जवाफ दिन बोलाउनुपर्ने माग गरेका थिए । त्यसपछि समिति सभापति खतिवडाले २२ गते बस्ने बैठकमा बोलाउने निर्णय गरेका हुन् ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो ।
Artha Sanjal






