काठमाडाैं । एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपाल (एक्टोन)को नयाँ कार्यसमिति चयन भएको छ । केही दिनअघि सम्पन्न साधारण सभाबाट विमल नहर्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा रमेश प्रसाद ओझा, महासचिवमा प्रदिप पण्डित, सचिवमा गोपाल थापा र कोषाध्यक्षमा भुवन बहादुर खड्का चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरूमा बसन्त बराल, गौतम बज्राचार्य र थुपदेन शेर्पा छन् ।
सहकार्य गरेर कैलाश यात्रालाई सहज बनाउनका लागि यो संस्थाले काम गर्ने एक्टोनका महासचिव प्रदीप पण्डितले बताए ।
Artha Sanjal






