घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं। नेपाली बजारमा पछिल्लाे चार दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाएर बढीरहेकाे सुनको मूल्य आज घटेकाे छ । यसदिन सुन ६०० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *