गार्डियन माइक्रो लाइफले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको चैत १८ बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसले हकप्रद सेयर प्रस्ताव पारित गर्न वैशाख ५ गते विशेष साधारणसभा पनि बोलाएको छ ।

कम्पनीले सभा प्रयोजनका लागि चैत २८ गते बुक क्लोज हुने जानकारी गराएको छ ।

तसर्थ, चैत २७ गतेसम्म कायम रहने सेयरधनी मात्र उक्त विशेष सभामा भाग लिन सक्नेछन् । विशेष सभाबाट प्रस्ताव पारित भएर नियामक निकायहरुको स्वीकृति पाएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *