काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ कायम रहेको छ ।
Artha Sanjal






