दुर्गा प्रसाईंले भने- म भागेको छैन

काठमाडौं । राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए ।

उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ ।

यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’

मन्दिर अगाडि बसेर एउटा भिडियो वक्तव्य जारी गर्दै दुर्गा प्रसाईंले प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएको थाहा पाएको बताएका छन् ।

उक्त भिडिओमा प्रहरीसँग माफी पनि मागेका छन् । ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *