गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक भएर आएसँगै हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।

अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । त्यसमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

त्यस्तै, २० युनिटसम्म विद्युत उपभोग गर्ने गरिब र साना ग्राहकहरूकोमा तीन महिनामा एकपटक मात्रै मिटर रिडिङ गर्ने निर्णयसमेत भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *