कृषि विकास बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंकले चैत्र ४ देखि चैत्र १० गतेसम्म ग्लोबल मनि विक २०२५ अभियान अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका सात वटै प्रदेशमा रहेका प्रदेश कार्यालयहरु तथा अन्तर्गतका विभिन्न शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको ग्लोबल मनि विक २०२५ को नारा लाई टेवा पुर्‍याउने गरी प्रभातफेरी कार्यक्रम लगायत विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे बैंकले जनाएको छ ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना प्रदेश कार्यालय तथा शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *