मातृभूमि लघुवित्तले एफपीओ जारी गर्ने प्रस्तावसहित बोलायो साधारणसभा

काठमाडौं । मातृभूमि लघुवित्तले वार्षिक साधारणसभा वैशाख २ गते बोलाएको छ । सभा अमुप्रस्थ ब्यांक्वेट, एन्ड इभेन्ट्स बुढानिलकण्ठ काठमाडौंमा बिहान ११ बिहान बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते आइतबार बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, चैत २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *