काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो ।
वितरण केन्द्रको प्रमुखको कार्यालय रहेको मुल गेटमा राखिएको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्ध अंग्रेजी शब्दमा `केपी चोर देश छोड´ डिस्प्ले भएकाे छ ।
भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले सो विषयमा अनुसन्धान गरिरहेको बताए । उनले भने ‘यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरुसँग समेत सम्पर्क गरेर हामी अनुसन्धान गरिरहेका छौं ।’
Artha Sanjal






