मानुषी लघुवित्तको छैठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार होटल भ्यू, जगाती भक्तपुरमा भएकाे कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष पद्मासना शाक्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य दिंदै संस्थाको वित्तीय अवस्था, शाखा विस्तार, निक्षेप संकलन तथा ऋण प्रवाहको अवस्था बारे जानकारी दिएकी थिइन् । उनले अघिल्लो वर्षको तुलनामा घाटा घटाएको संकेत गर्दै, आगामी वर्ष लाभांश वितरण गर्न सक्ने अवस्था निर्माण गर्न संस्थाले लक्ष्य लिएको बताइन् ।

संस्थाले स्थापना कालखण्ड पार गरी हाल १४ जिल्लामा ३६ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थाको अधिकृत पूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ। अघिल्लो वर्षको प्रतिशेयर आम्दानी ऋणात्मक ३८.२५ रुपैयाँ रहेकोमा चालू समीक्षावर्षमा घटेर ७.२२ रुपैयाँमा झरेको छ, जसले घाटामा केही सुधार देखाए पनि अझै नाफाको बाटोमा जान धेरै प्रयास आवश्यक देखिन्छ ।

हालसम्म संस्थाले ३३ हजार ७१८ सदस्यहरूमार्फत ९८ करोड ७८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

 

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *