काठमाडाैं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख २३ हजार २८१ कित्ता शेयरको ‘लक इन’ अवधि आगामी २०८२ साल वैशाख ८ गतेबाट समाप्त हुँदैछ। आईपीओ निष्काशनपछि लगानीकर्ताहरूले खरीद गरेका संस्थापक र कर्मचारीका शेयर अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
हाल संस्थापकहरूको शेयर ४ लाख २० हजार र कर्मचारीको ३ हजार २८१ कित्ता शेयर ‘लक इन’मा छ ।
कम्पनीले २०७८ चैत ९ गते सर्वसाधारण तथा कर्मचारीलाई समेत निष्कासन गरिएको आईपीओ बाँडफाँट गरेको थियो । बाँडफाँटको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ ।
लक इन अवधि सकिएसँगै दोस्रो बजारमा कारोबार हुनेछ । साथै, संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा लघुवित्तको उच्च तहमा रहेका कर्मचारीले पनि उक्त शेयर बिक्री गर्न पाउनेछैनन् ।
Artha Sanjal






