सिराहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए

काठमाडौं । सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालय तानिएको हो । उक्त विषयलाई लिएर हिजो प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारको आलोचना गरेका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *