काठमाडाैं। आज साताकाे अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा बन्द भएको छ ।
आज ३१२ कम्पनीको सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड माथिको सेयर कारोबार भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.५३ प्रतिशतका दरले कमाएका हुन् । एशियन हाइड्रोपावरका लगानकिर्ताले ५.४९ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ४.९७ प्रतिशतका दरले कमाएका छन् । गार्डियन माइक्रो लाइफका लगानकिर्ताले ४.४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।






