प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्‍याली आयोजना

काठमाडाैं। प्रभु बैंक  गण्डकी प्रदेशद्वारा बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ। “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।

र्यालीमा सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पार्दै, बालबालिका, वृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।

यस र्यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको थियो। बैंकले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *