पन्चकन्या ग्रुपद्वारा नेपाली बजारमा नयाँ एक्स्काभेटर भोल्भो इसी २२० सार्वजनिक

काठमाडाैं। नेपालको प्रतिष्ठित पन्चकन्या ग्रुपले आफ्ना ग्राहकलाई नवीनतम प्रविधिहरू प्रदान गर्ने उद्देश्यले एक्सप्लोर अर्थ मुभर्स प्रा.लि. मार्फत नयाँ एक्स्काभेटर मेसिन भोल्भो इसी२२०नेपाली बजारमा सार्वजनिक गरेको छ। यस एक्स्काभेटरको विशेषता यसको शक्तिशाली इन्जिन क्षमतामा छ । जसले निर्माण, खानी, हाइड्रो सेक्टर, र सडक निर्माण जस्ता जटिल कार्यमा उच्च प्रदर्शन दिने क्षमता प्रदान गर्दछ।

अत्याधुनिक प्रविधि र इन्धन दक्षता संगै, यो मेसिन वातावरण मैत्री बनाइएको छ र यसले प्रदूषण कम गर्न मद्दत गर्दछ। यस मेसिनको डिजाइनले १० प्रतिशत बढी उत्खनन क्षमता सहित तीव्र हाइड्रोलिक जडित प्रविधि प्रयोग गरेको छ, जसले कार्यक्षमता र उत्पादकत्वमा वृद्धि गर्दछ।

नेपालको निर्माण, खानी, र हाइड्रो सेक्टरमा निरन्तर वृद्धि भइरहेको सन्दर्भमा, पन्चकन्या ग्रुपले यस नयाँ मेसिनलाई भरपर्दो र प्रभावकारी उपकरणको रूपमा प्रस्तुत गरेको छ। यो मेसिन नेपाली बजारमा एक नयाँ विकल्पको रूपमा देखिन्छ जसले ग्राहकलाई उच्च उत्पादकत्व र कम सञ्चालन खर्च प्रदान गर्नेछ।

यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ती जडित क्षमतको ईन्जिन र अन्य विशेषताहरुले नेपाली ग्राहकलाई उच्च उत्पादकत्व सहित न्यून सञ्चालन खर्च कम गराउने हुनाले यसको ब्रिक्री वितरणले सरोकार कर्ताहरुलाई फाइदा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *