ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज आइतबार चैत ३ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएस एन्ड क्लियरिङका अनुसार यस कम्पनीको आइपीओमा शुक्रबार साँझ ५ः०७ बजेसम्ममा १६ लाख १८ हजार ९७८ जना सर्वसाधारण आवेदकहरुले १ करोड ९६ लाखभन्दा बढी कित्ताका लागि आवेदन दिइसकेका छन् ।
ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।
जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *