काठमाडौं । हिमालयन एभरेष्ट इन्सुरेन्सले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । फागुन २७ गतेसाधारणसभा सम्पन्न गरेको कम्पनीले लगत्तै ८.७५ प्रतिशत नगद लाभांश खातामा पठाउन सुरु गरेको हाे ।
यता, कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । कम्पनीको फागुन २७ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Artha Sanjal






