होलीमा उपत्यकाका चोकचोकमा चेकजाँच, ड्रोनबाट पनि निगरानी बढाइयो

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लामा होली मनाइरहेका बेला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । चेकजाँच र निगरानीका लागि २ हजार ७ सय बढी प्रहरी खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

होली पर्वको अवसरमा उच्छृंखल गतिविधि गर्ने, जथाभावी लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने लगायत गतिविधि नियन्त्रण गर्न प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा गइरहेका सवारी चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतमा चेकिङ पोष्ट राखिएको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० भन्दाबढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ ।

होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा सीटीभी र ड्रोनबाट पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *