समृद्धि फाइनान्सको नारायणगढ शाखाले आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। चार वर्षको सफल यात्रा पूरा गरेको अवसरमा शाखाले विभिन्न ग्राहक केन्द्रित कार्यक्रमहरू आयोजना गर्दै उत्सव मनाएको हो।
कार्यक्रमका प्रमुख वक्ता तथा शाखा प्रबन्धक कौशल पन्तले चार वर्षको अवधिमा ग्राहकहरूको साथ, विश्वास र निरन्तर सहयोगकै कारण शाखाले उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको बताए। उनले आगामी दिनमा झनै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल बैंकिङ तथा ग्राहक अनुकूल सेवाहरूलाई थप प्रवर्द्धन गरिने जानकारी गराए। शाखा प्रमुख पन्तले सबै ग्राहक, साझेदार र कर्मचारीहरूलाई धन्यवाद दिँदै निरन्तर सेवा विस्तारको प्रतिबद्धता व्यक्त गरे।
Artha Sanjal






