काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ को विन्दुमा कायम भएको छ ।
आज ३२३ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब २३ करोड माथिको सेयर कारोबार भएको छ । आज १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको संस्थापक सेयर किनबेच भएको छ । आज यस बैंकको ८१ करोड ३६ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ४९ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् । प्रभु इन्स्योरेन्सका लगानीकर्ताले ७.८९ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ७.६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।







