बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *