पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

काठमाडौं। सरकारले आइतबार काठमाडौँमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर विज्ञप्ति जारी गर्ने पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो।

बास्तोला सुदन किराँती पर्यटनमन्त्री हुँदा २०८० फागुन १३ गते नियुक्त भएका थिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *