विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब

काठमाडौं । देशको विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रहेको विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा भने सोही अवधिमा मुद्रा सञ्चिति ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ बराबर छ । जसमा भारतीय मुद्रा सञ्चिति सबैभन्दा धेरै २२ प्रतिशत छ ।

चालु आवको सात महिनाको आयातलाई आधार मान्दा हालको सञ्चितिले १७.२ महिनाको वस्तु र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *