काठमाडाैं । कामना सेवा विकास बैंकले वि.सं २०८२को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२-को क्यालेन्डर तयार गरिएको हो ।
नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।
उक्त क्यूआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईटमार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरु समेत समावेश गरिएको छ ।
Artha Sanjal






